punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलाको त्रिदेशीय सीमामा छ महीनादेखि सञ्‍चार अवरुद्ध

Chaupati
safha napa

दार्चुला,जेठ ५ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महीनादेखि सञ्चार अवरुद्ध भएको छ।

छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसीरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ।

“हिमपातले छाङ्गरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ”, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने।

हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्‍याउँदै आएको छ। गत वर्ष हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङ्गरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको गुरुङको भनाइ छ ।

“व्यासमा गत वर्ष सोलारमा ठूलो क्षति पुगेको थियो, अहिले के के क्षति भएको छ भन्ने यकिन जानकारी छैन”, उनले भने, “यो क्षेत्रमा बढी हिमपात हुने हुँदा सोलार प्रणाली र रेडियो उपकरणमा क्षति पुग्ने गरेको छ ।”

स्काइ फोन सेवा पुनः सञ्चालन गर्न लकडाउनका कारण सामान ल्याउनै समस्या छ।

बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नरहेको टेलिकम दार्चुलाले जनाएको छ । व्यासका स्थानीयवासी पनि गाउँ जान पाएका छैनन्।

अहिले छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका छन्। व्यासमा रहेको स्काइ टावरले छाङ्गरु र भारतका अधिकांश बस्तीमा कभरेज पुर्‍याउँदै आएको थियो।

भारतका गुञ्जी, छायालेक, कुटीका बासिन्दा र भारतीय सुरक्षाकर्मीले अधिकांश समय नेपालकै फोन सेवा प्रयोग गर्दै आएका छन्।

अहिले व्यासमा रहेको फोन सेवा सञ्चालन नहुँदा सुरक्षाकर्मीलाई समेत सञ्चारमा समस्या भएको छ।


५ जेठ २०७७, सोमवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु