punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस सेन्टरद्वारा टीकापुर शाखा गठन

Chaupati
safha napa

प्रेस सेन्टर नेपाल टीकापुर शाखाको पहिलो अधिवेशन बलराम भगोरियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको अधिवेशनबाट समितिको उपाध्यक्षमा जगतकुमारी जैसी, सचिवमा पूर्ण बिक, सहसचिवमा मानबहादुर ठकुल्ला र कोषाध्यक्षमा खेमराज पाण्डेय चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा हरि चौधरी, राजेन्द्र बिक, राकेश चौधरी, पूर्णिमा चौधरी, सिताराम चौधरी र रबिना चौधरी चयन भएका छन् । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रेस सेन्टर नेपालको टीकापुर शाखा गठनका लागि केही दिनअघि तदर्थ समिति गठन गरिएको थियो ।
तदर्थ समितिका अध्यक्ष बलराम भगोरियाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज रामसिंह ठगुन्ना तथा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिकाका अध्यक्ष खडक शाह र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारी रहेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथिसहित प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्ट, प्रेस सेन्टरका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पदम बोहरा, नेपाल पत्रकार महासंघ कैलालीका सहसचिव घनश्याम पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सेन्टरका नेता छविलाल जैसीले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रमको सञ्चालन पूर्ण बिकले गरेका थिए । प्रेस सेन्टरका केन्द्रिय सदस्य मदनराज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य दीपेन्द्र भण्डारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


२४ फागुन २०७८, मंगलवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु