punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा फागुन २७ गतेदेखि प्याब्सन कप हुने

Chaupati
safha napa

धनगढीमा मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ फागुन २७ गतेदेखि मेयर धनगढी प्याव्सन कप क्रिकेट प्रतियोगिता २०७८ हुन लागेको हो ।
आयोजक प्याब्सन धनगढी नगर समितिले पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएको हो । विद्यालयस्तरबाटै योग्य खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतका वर्षहरूमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

धनगढीमा क्रिकेटको चहलपहल बढाउने, सुदूरपश्चिमलाई खेलको माध्यमबाट देशभर चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको प्याव्सन धनगढीले जनाएको छ । प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० विद्यालय सहभागी हुनेछन् ।

धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद एक लाख एघार हजार एघार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टीमले ५१ हजार एक सय एघार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट व्यास्टम्यान,बलर,उदयमान खेलाडीले जनही ५/५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता टि- ट्वान्टी फरम्याटमा खेलाइने जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहेको प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए ।


२४ फागुन २०७८, मंगलवार १७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु