punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गजल

शीर्षक -सुन्ने कसले हो

Chaupati
safha napa

बढेको छ भ्रष्टाचार थुन्ने कसले हो
सरकार नै दलाल छ सुन्ने कसले हो

पुलिस नै आतङ्क मच्चाउँछन् यहाँ
भन यिन लाई सम्झाउने कसले हो

संसद बैठक बस्दा नाराबाजी हुन्छ
भन यसलाई यहाँ रोक्ने कसले हो

सुन देखि सुन सम्म मूल्य बढेको छ
नागरिकको मनसाय तोक्ने कसले हो

देश बनाउँछु भनी हिडिरहन्छन नेता
डुबाउँछन् देश रिणमा तर्ने कसले हो

दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली नेपाल


२१ फागुन २०७८, शनिवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु