इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले एभर्टनलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई १९० अन्तरले पराजित गरेको हो ।
रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ ।
राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २९० अन्तरले पराजित गरेको छ ।
१५ फागुन २०७८, आइतवार ०८:०१ बजे प्रकाशित































