punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युरोपेली संघको सदस्य बनाउन युक्रेनका राष्ट्रपतिको अनुरोध

Chaupati
safha napa

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको समाचारमा जनाइएको छ ।

‘अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्’ उनले भने ।

शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेबारी निर्वाह गर्न युक्रेन तयार छ ।


१५ फागुन २०७८, आइतवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु