punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज संसद बैठक बस्दै, एमसीसीबारे छलफल हुने

Chaupati
safha napa

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज संसद बैठक बस्दैछ ।दलहरुबीच सहमति नभएपछि शुक्रबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार बैठक शुरु हुनु अघिनै सुचना टाँसेर बैठक स्थगित भएको थियो ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

यसबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ । यसप्रति सरकार सकरात्मक भएको बताइएको छ ।

नेपाली कांग्रेसले हालको सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।


१५ फागुन २०७८, आइतवार ०७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु