punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसी नेपालको हितमा छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

Chaupati
safha napa

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन् । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेपाली कांग्रेसका शहीद विक्रम परियारको अर्धकदको शालिक शनिबार अनावरण गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

एमसीसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप लगाए । गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उनले पार्टीले शहीदका रूपमा सम्मान गरेको बताए ।


१४ फागुन २०७८, शनिवार २०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु