punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस कैलालीको नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीको नेतृत्व चयनका लागि तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सभापतिमा तीन जनाले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि संस्थापन पक्षकै दुई प्यानल बनेका छन् । इतर समूह पनि प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको छ ।

संस्थापन पक्षका निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

भट्ट नेतृत्वको प्यानललाई केन्द्रीय सदस्यहरु धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र, जिबन राना, इश्वरी न्यौपानेलगायत नेताहरुले समर्थन गरेका छन् । संस्थापन पक्षकै नेता बमको प्यानललाई निवर्तमान सभापति एव्म काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ लगायत नेताहरुको समर्थन छ ।

शाहको कैलालीमा राम्रो पकड रहेको मान्छि । संस्थापन पक्षमै दुई प्यानल बनेपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन् ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन् । शेखर कोइराला पक्षबाट सभापतिमा रामबहादुर कलेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् ।


१४ फागुन २०७८, शनिवार २०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु