इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते
शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ। सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ।
यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ ।सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ।
१४ फागुन २०७८, शनिवार १८:२७ बजे प्रकाशित































