punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिताको उपाधि सत्यवती एकेडेमीलाई

Chaupati
safha napa

छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिताको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ। विद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै एकेडेमीले पहिलो पटक उक्त उपाधि जितेको हो। उपाधिसहित सत्यवती एकेडेमीले एक लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त गरेको छ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा विद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो। सत्यवतीको ब्याटिंगमा अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिंङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे। विद्या भुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिए। महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहे।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए, जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे।फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो।


१४ फागुन २०७८, शनिवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु