punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नायक पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

Chaupati
safha napa

नायक पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

पलका म्यानेजर जोशीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। जोशीले आफू धनगढीको मान्छे भएको र शाहको म्यानेजर भएको बताउने गरेका छन्। पलविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको छ।


१४ फागुन २०७८, शनिवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु