देशभर थप १५५ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षणमा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षणमा ५४ जना संक्रमित फेला परेका छन् ।
यस्तै कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।
१४ फागुन २०७८, शनिवार १७:२६ बजे प्रकाशित































