कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ
कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बा सहित १ जना पक्राउ परेका छन् । जुम्लाको कनिकासुन्दरी गाउँपालिकापा ३ बस्ने ५७ बर्षिय बिर्ख धामीलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ स्थित बनदेवी मन्दिरको छेउबाट प्रहरीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र ५सय२५ ग्राम यार्सागुम्बा फेला परेको छ ।
धामीलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

७ फागुन २०७८, शनिवार १९:३७ बजे प्रकाशित































