punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९५५ जनाको एन्टिजेन र ४२ जनाको पीसीआर परीक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको हो। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्।

थप २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ बस्ने ६८ वर्षीय पुरुष रहेका छन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

त्यस्तै अर्का मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ८२ वर्षीय वृद्ध पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार उनी कोरोना संक्रमित भएर डडेल्धुरा अस्पतालमा उपचाररत थिए।

 


७ फागुन २०७८, शनिवार १९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु