इन्सेक सुदूरपश्चिमद्धारा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ । शनिवार एक क्रार्यक्रमका बिच नेपाल मानव अधिकार वर्ष पुस्तक इन्सेकले सार्वजनिक गरेको हो । १९९२ देखी प्रकाशन गर्दै आएको इन्सेकले यो ३० औँ संस्करण सार्वजनिक गरेको हो ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को केन्द्रदेखि प्रदेशसम्म एकसाथ सार्वजनिकीकरण कार्यक्रम अनुरूप यहाँ सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले गरेकी हुन् ।
सो पुस्तक सार्वजनिक गर्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडक राज जोशीले ३० औँ संस्करण सम्म आई पुग्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
इन्सेकले सार्वजनिक गरेको पुस्तकमा उल्लेख गरिए अनुसार सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट २१ र अन्य पक्षबाट ६ सय ८५ जना गरी जम्मा ७ सय ६ वटा मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन् । यो तथ्याङ्क हेर्दा प्रदेशमा मानवअधिकार उल्लघनका घटनामा अझै पनि कमी भने आउन सकेको छैन ।
पुस्तक सार्वजनिकीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडक राज जोशी, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक मोहनदेव जोशीको उपस्थिती रहेको थियो । यस्तै सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
७ फागुन २०७८, शनिवार १९:५९ बजे प्रकाशित































