punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Chaupati
safha napa

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई आज बिहान बाघले आक्रमण गरी मारेको हो ।

बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए ।

यस भन्दा अगाडी पनि वडा नम्बर -६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी -४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टको बाघले आक्रमण परी मृत्यु भएको थियो ।


७ फागुन २०७८, शनिवार १४:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु