punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा

Chaupati
safha napa

डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ  । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए ।

उनले भने, ‘यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन सकेको थिएन, मौसम सुधार भएपछि सञ्चालनमा आएको छ ।’ धनगढीबाट १३ यात्रु लिएर आएको र यहाँबाट १८ यात्रु लगेर जहाज गएको भट्टको भनाइ छ । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको छ ।

गएको डेढ महिनामा तराईमा हुस्सुसँगै पडाडमा वर्षा र हिमपातले गर्दा उडान हुन नसकेको हो । मौसम सफा हुँदै गएकोले अबदेखि साताको एकदिन शुक्रबार नियमित उडान हुने जनाइएको छ । गत वर्ष पनि एक महिना खराब मौसमका कारण हवाई सेवा बन्द भएको थियो ।

पाटन विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको  थियो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।


७ फागुन २०७८, शनिवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु