फिलिपिन्सविरुद्ध कुशल भुर्तेलले गरे अर्धशतक प्रहार
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी २० अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक प्रहार गरेका छन्। ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशलले करियरको पाँचौ अर्धशतक प्रहार गरेका हुन्।
भुर्तेलले ३२ बल खेल्दै ९ चौका मद्दतमा ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। कुशल भुर्तेलले नेपालबाट टी २० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन्। पारसले एक शतक र चार अर्धशतक प्रहार गरेका थिए।
७ फागुन २०७८, शनिवार १४:१८ बजे प्रकाशित































