देशभर पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु, २३१९ संक्रमणमुक्त
देशभर पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अवधिमा ७ सय ४७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार ८ हजार ६ सय ९६ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ हजार २ सय ७९ को पीसीआर र २ हजार ४ सय १७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । यससँगै हाल सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ रहेको मन्त्रालयले जनाएको छ ।
आज २ लाख १६ हजार १ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
२ फागुन २०७८, सोमवार १८:०१ बजे प्रकाशित































