सरकारका गतिविधि विरुद्ध एमालेले जनसंघर्ष गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका गतिविधि विरुद्ध जन संघर्ष गर्ने भएको छ । देशब्यापी सरकारका गलत प्रवृति र क्रियाकलापको भण्डाफोर गदै जनसघर्षका कार्यक्रम एमालेले अगाडी बढाउन लागेको जनाएको छ ।
एमाले सांसद नविना लामाले पार्टीले जनसंघर्षका कार्यक्रम तय गर्न लागेको बताइन । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा विरुद्ध सत्ता गठबन्धनले महाअभियोग दर्ता गराएर चुनाव विथोल्ने षडयन्त्र मात्र गर्न खोजेकोले त्यसको राजनीतिक प्रतिवाद गर्ने र सरकारका गलत क्रियाकलापका विरुद्ध देशब्यापी नेता कार्यकर्ता परिचालन गरेर जनसंघर्षका कार्यक्रम अगाडी वढाउने तयारीमा एमाले रहेको छ ।
२ फागुन २०७८, सोमवार १६:४४ बजे प्रकाशित































