धनगढीमा लागूऔषधसहित २६ वर्षीया युवती पक्राउ
धनगढीमा प्रहरीले लागूऔषधसहित २६ वर्षीया युवतीलाइ पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन् ।
सोमबार धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क क्षेत्रबाट १२ ग्राम लागूऔषधसहित साउद पक्राउ गरिएको हो। उनलाइ गोप्य सूचनाको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
२ फागुन २०७८, सोमवार १६:१७ बजे प्रकाशित































