सेती प्रयोगशालामा सोमबार थप ६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनाको नमूनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।परिक्षण गरिएका ७६ नमूनाको नजिता भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको दोधराचाँदनी –७ की ४५ बर्षिय महिला रहेकी छन् । उनको सेतीमै उपचारका क्रममा मृत्यु भएको हो ।अस्पालमा भर्ना भएका मध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
२ फागुन २०७८, सोमवार १६:०६ बजे प्रकाशित































