punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा परेको हिमपातका कारण रुघाखोकीका बिरामी बढे

Chaupati
safha napa

डोटीमा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको बढ्दै गएका छन्। यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।

यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए।
कुँवरले भने, ‘हिमपातले चिसो बढाएको छ, बालबालिका तथा वृद्धवृद्धामा ज्वरोको समस्या देखिएको छ, उपचारका लागि आउने गरेका छन्, अस्पतालमा बिरामीको भीड लाग्दैछ।’ जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए।

जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी रहेका छन्। जिल्लामा केही दिन यतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन्।


२ फागुन २०७८, सोमवार १६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु