अमेरिकन आइडलको टप १० मा दिवेश पोखरेल

काठमाडौं,बैशाख २२ । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेश पोखरले टप १० मा पुगेका छन् । उनले एक घण्टा अगाडि आफ्नो फेसबुक पेजमा आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद भनेका छन् । उनले विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनको पफर्मेन्सलाई लिएर निणार्यकले अमेजिङ भन्दै हौसला प्रदान गरेका थिए । अमेरिकन आइडलले दिवेशको गायन कलाको प्रशंसा गर्दै एफोर्टलेस पफर्मेन्स भनेको छ । यसअघि दिवेशले आफ्ना लागि भोटको अपिल गरेका थिए । उनले आफ्नो फेसबुक पेजमार्फत नेपाली भाषामा बोल्दै भोटको अपिल गरेका थिए ।

अमेरिकन आइडलले एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिन्छ ।

अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा लुके ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् । २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।


२२ वैशाख २०७७, सोमवार ०५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु