कोरोनाका कारण २ लाख ४८ हजार बढीको मृत्यु
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट हालसम्म २ लाख ४८ हजार बढीको मृत्यु भएको छ । आज सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १सय ७ जनाको मृत्यु भएको हो ।
विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।
हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरैबढी अमेरिकामा ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको मृत्यु भएको छ
इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।
नेपालमा कोरोना भाइरसको सङक्रमित संख्या ७५ पुगेको छ। सङक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेको छ ।
२२ वैशाख २०७७, सोमवार ०३:५९ बजे प्रकाशित













