punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका चार सहित २९ जिल्ला कोरोनाको रेड जोनमा

Chaupati
safha napa

धनगढी,बैशाख २२ । सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका चार सहित २९ जिल्लालाई कोरोना भाईरसको रेड जोनमा राखेको छ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय–सुझाव प्रतिवेदनमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ।

लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी तीन क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको समाचार कान्तिपुरमा छ।

गृहको सुझावमा २९ जिल्ला रातो, २८ जिल्ला पहेंलो र २० जिल्ला हरियो क्षेत्रमा छुट्याइएको छ। जसमा सुदूरपश्चिमका चार जिल्ला रेड जोन, तीन जिल्ला एल्लो र दुई जिल्लालाई ग्रीन जोनमा राखिएको छ।

सरकारले कोभिड–१९ संक्रमण देखिएका १४ जिल्लामा थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय–सुझावमा यस्तो प्रस्ताव समेटिएको छ ।

चैत ११ गतेबाट जारी लकडाउन वैशाख २५ गते सकिने मिति नजिकिएसँगै समितिमा लकडाउनका विकल्पबारे छलफल भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।


२२ वैशाख २०७७, सोमवार ०६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु