punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

Chaupati
safha napa

सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ ।राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो ।मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । गएको शुक्रवार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो ।

यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप दिइएको थियो ।नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ ।


२३ मंसिर २०७८, बिहीवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु