भारतीय रक्षा प्रमुख रावतको निधन : उत्तराखण्डमा ३ दिन राजकीय शोक घोषणा
भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ।रावतको जन्म उत्तराखण्डमा भएको थियो।
बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।
हेलिकोप्टर दुर्घटनाबारे बिहीबार गृहमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने भएका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तामिलनाडुमा भएको सेनाको हेलिकोप्टर दुर्घटनाको विषयमा सिंहले सदनमा जानकारी दिन लागेका हुन्।
एएनआईका अनुसार बिहीबार साँझसम्म उनको शव दिल्ली ल्याइनेछ। उनको अन्तिम संस्कार दिल्लीको केन्ट क्षेत्रमा गरिनेछ।रावत र उनकी पत्नीको मृत्यु भएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै नेता तथा सेनाका पूर्व अधिकारीले दुःख व्यक्त गरेका छन्।
२३ मंसिर २०७८, बिहीवार ०८:५८ बजे प्रकाशित






























