दिपक संगमका पाँच मुक्तक
नेता भनाउँदा सधैँ शाव आईरहोस
आधा तेरो आधा मेरो भाग आईरहोस
गरिब निमुखा एक छाक टार्नत पाउलान्
यो गाउँमा सधैँ सधैँ चुनाव आईरहोस
मरि जाने चोला खरानी त होनी
थाहा छ एक दिन जानी त होनी
के छर दुई दिन को जिन्दगी हजुर
यो सब कर्कलाको पानी त होनी
अझै पनि भेदभाव चल्छ समाजमा
हाम्ले बनाएको सराब चल्छ समाजमा
मेरो हातको पानी मात्र नचल्ने भो किन ?
मेरो गोठ गाईको पिसाब चल्छ समाजमा
पावर भय सत्ता चल्छ सधैँ मनोमानी
लगाउँछन् आफ्ना मात्र सधैँ खानदानी
बोल्छ एक गर्न एक नेता सधैँ हजुर
सोच्नु होला तपाई पनि देश हुन्छ हानी
भाग्य मा छैन मागी कहाँ पाउछुर
धन दौतल सब त्यागी कहाँ पाउछुर
तिम्रो माया अर्कोको भाग्य चिट्ठा रहिछ
म जस्तो अभागी ले कहाँ पाउछुर
दीपक संगम विश्वकर्मा
टीकापुर , कैलाली नेपाल
२३ मंसिर २०७८, बिहीवार ०८:३४ बजे प्रकाशित































