punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईएमई र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

Chaupati
safha napa

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नु भएको हो ।

अब नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा गाडीसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बोर्डले आईएमईसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पनि बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउनु खुसीको कुरा भएको बताए ।श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीले सात वटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकहरुलाई बीमा सेवा प्रदान गरिरहेको बताए । साथै कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिइरहेको उनले बताए ।


२० मंसिर २०७८, सोमवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु