punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिमी वायुको प्रभाव : प्रदेश-२ मा खासै असर नपर्ने, अन्य क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Chaupati
safha napa

पश्चिमी वायुको प्रभावसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बद्लिएको छ । दिउँसोदेखि बिस्तारै वाग्मती र प्रदेश-१ मा पनि पश्चिमी वायुको असर देखिने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उनका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हल्कादेखि भारी हिमपात हुने मौसमविद् मानन्धरले बताए ।प्रदेश-२ मा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

यस्तै, भरे राति पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात र प्रदेश-२ बाहेकका अन्य ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव आज र भोलि रहने छ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा नजान र यात्राका क्रममा पनि सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पर्सिदेखि भने मौसम खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।


२० मंसिर २०७८, सोमवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु