punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

Chaupati
safha napa

भारतीय प्रहरीले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार पक्राउ गरेको छ। विदेश जाने क्रममा उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरिएको हो।

मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ।

प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

हाल फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा छाडिएको हो।


२० मंसिर २०७८, सोमवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु