punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा सीमा नाकामै पहिलो पटक कोरोना खोप लगाइदै

Chaupati
safha napa

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित नेपाल९भारत जोड्ने पुलघाटमा नेपालीलाई पहिलो पटक कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्क मार्फत १८ वर्षमाथिका नागरिकलाई भेरोसेल र कोभिसिल्ड खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

जसमध्ये १९ जना महिला तथा ५५ जना पुरुषगरी ७४ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दैनिक सीमा नाका भएर आउने १५० भन्दा बढी आउने गरेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन ।

सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलगाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अवस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने जनस्वास्थ्य अधिकृत जय राज भट्टले बताए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण भित्रिन नदिन सीमा चेकजाँचमा कडाई गर्ने जनाएको छ ।

 


१८ मंसिर २०७८, शनिवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु