punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकार तत्काल परिवर्तन हुँदैन : मन्त्री सोडारी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्।नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रदेश सरकार अहिल्यै नै परिवर्तन नहुने बताएका हुन्।

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेको सोडारीले सरकार बदल्ने कुरामा आफूहरूको चासो नरहेको बताए। सरकार परिवर्तन गर्दा अस्थिरता जन्मिने उनको तर्क छ।सरकार बदल्दा कर्मचारीसमेत काम नगर्ने र यसले कार्यसम्पादनमा असर पर्ने हुँदा सरकार परिवर्तनमा ध्यान नरहेको मन्त्री सोडारीले बताए।

‘अहिले हामी मुख्यमन्त्री बदल्ने पक्षमा छैनौं। यसले गर्दा अस्थिरता जन्मिन्छ। कर्मचारीहरू पनि काम गर्दैनन्,’ उनले भने, ‘अहिलेको सरकार तीव्र गतिमा काम गरोस् भन्ने हाम्रो इच्छा हो त्यहीँ अनुसार काम अगाडि बढाइरहेका छौँ।’

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल हो। सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४ जना सांसद छन्।उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भनेर पार्टी प्रदेश कमिटीले निर्णय गरेको भएपनि यसबारेमा केन्द्रीय नेतृत्वले विचार गरेर निर्णय गर्ला भन्नेमा विश्वस्त रहेको बताए।

उनले कांग्रेसलाई सरकारमा स्वागत गर्न आफूहरू तयार रहेकोसमेत बताए। कांग्रेस सरकारमा आउने भए छलफल गरेर अगाडि बढ्न सकिने मन्त्री सोडारीको भनाइ थियो। तर, कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निभाइरहेकाले उसबाट सोही अपेक्षा लिएको उनले बताए।

‘अरू प्रदेशहरूमा केन्द्रको गठबन्धनले काम गरिरहेको छ। तर, सुदूरपश्चिममा त्यो काम भएको छैन,’ उनले भने। मन्त्री सोडारीले पत्रकार महासंघ डडेल्धुरा शाखाको अधुरो भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।


१८ मंसिर २०७८, शनिवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु