punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

Chaupati
safha napa

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लोपटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंकाका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। यहीँ उनको उपचार भइरहेको बताइएको छ। तर, पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ।अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताएका थिए।

उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए। यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो। यो भाइरस केही दिनमै विश्‍वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ।एजेन्सी

 


१८ मंसिर २०७८, शनिवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु