punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा फेरि सुनुवाइ प्रभावित

Chaupati
safha napa

गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारको समेत इजलास आफै तोके । बुधबार भने सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोकियो । तर कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि बुधबार र बिहीबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलास सञ्चालन हुन सकेन । विहीबार कानून व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची प्रकाशित हुन सकेको छैन ।

मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित भएको छैन ।


१६ मंसिर २०७८, बिहीवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु