punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै हुने

Chaupati
safha napa

नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।


१६ मंसिर २०७८, बिहीवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु