punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिविका पदाधिकारीको कार्यालयमा अनेरास्ववियुको तालाबन्दी

Chaupati
safha napa

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायत पदाधिकारीको कार्यकक्षमा ताबन्दी गरेको छ ।

करार उपप्रध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै करारलाई स्थायी गर्ने निर्णय फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न माग गरेका छन् ।माग सुनुवाइ नभएसम्म तालबन्दी कायमै रहेन उनीहरूले बताएका छन् ।


१६ मंसिर २०७८, बिहीवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु