सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधव नेपालले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रमपछि पत्रकारसंग बोल्दै उनले सर्वोच्च अदालतको समस्या छिटो समाधान हुनुपर्ने धारणा राखेका हुन् ।
उनले सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठन्धनले पनि साझा धारणा बनाएको बताए । गठबन्धन दलको बैठकले उक्त समस्या छिटो समाधान गर्ने निर्णय पनि गरेको उनले बताए ।
‘हाम्रो पाँच दलको गठबन्धनको बैठकले साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’
अहिले प्रधानमन्त्री चोलेन्द्र शम्सेर जबरा भ्रष्ट्रचारमा लिप्त भएकोलगायतका आरोप लगाउँदै नेपाल बारले उनको राजीनामाको माग गर्दै आएको छ ।
२ मंसिर २०७८, बिहीवार १३:२३ बजे प्रकाशित












