punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारमा छिरेर अपरिचित समूहले गर्यो वकिलहरुलाई तथानाम गाली

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका बेला बिहीबार सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोशिएसनमा अपरिचित चार जना व्यक्तिहरु प्रवेश गरेर वकिलहरुलाई गालीगलौच गरेका छन् ।

बिना सरोकारका उनीहरु अचानक बारमा पुगेर कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गर्न थाले । ‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’

अपरिचित व्यक्ति आएर यसरी कानुन व्यवसायीहरुलाई गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरु पनि चुप लागेर बस्ने कुरा भएन ।

उनीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । सो क्रममा केहीबेर बार परिसर तनावग्रस्त बनेको थियो ।

नियन्त्रणमा लिएका व्यक्ति तीर्थ ढकाल भएको प्रहरीले जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारका वकिलहरुले तीन साता यता लगातार आन्दोलन गर्दै आएका छन् ।

प्रधानन्यायाधीश समर्थकले पनि वेला बेला काउन्टर आन्दोलन गर्दै आएका छन् । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।


२ मंसिर २०७८, बिहीवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु