punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सडकमा घाइते भेटिएका युवकको मृत्यु

Chaupati
safha napa

कैलालीमा घाइते भेटिएका युवकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सडकखण्डमा अन्दाजी २८/३० वर्षका युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए।

पहिचान नखुलेका उनलाई प्रहरीले उपचारका लागि टीकापुर अस्पताल पुर्याएकामा उनको हिजो राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घटनास्थलमा गाडीको सिसा भेटिएको र यसबारे अनुसन्धान गरिरहेको प्रहरी बताएको छ। गाडीको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।


२७ कात्तिक २०७८, शनिवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु