punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेतृत्वका विषयमा रामचन्द्र पौडेलले अघि सारे दुई विकल्प

Chaupati
safha napa

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा दुई विकल्प अघि सारेका छन् ।

पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुमै पौडेलले महाधिवेशनमा इतर पक्ष मिलेर जानुको विकल्प नरहेको भन्दै सभापतिको दाबेदारहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र कृष्ण सिटौला आपसमा मिल्नुपर्ने धारणा राखेका थिए ।

यी चार नेता आपसमा मिलेर साझा उम्मेदवार तयार गर्न सक्ने अवस्था बनेमा आफू नेतृत्वको दौडबाट पछि हटेर सहयोग गर्न तयार रहेको पौडेलको भनाइ थियो । तर चार नेता आपसमा नमिलेको अवस्थामा आफूले परिस्थिति सहज बनाएर आफै अघि बढ्ने उनको धारणा थियो ।

उनले भने, तपाईँहरू मिल्न र मिलाउन पनि सक्नुहुन्छ भने मलाई मिलाउने जिम्मा दिनुस् । सबैलाई मिलाएर म नै नेतृत्व गर्नेगरी अघि बढ्छु ।’ पौडेलको उक्त प्रस्तावमा अरु नेताहरुले केही जवाफ फर्काएनन् ।

यस्तै आजको बैठकमा सहभागी नहुने नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए । बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

उनीहरुले सबैलाई टीममा राख्न सकिएन भने त्यस्तो अवस्थामा शेरबहादुर देउवालाई रोक्न कसैले नसक्ने धारणा राखे । बैठकपछि महामन्त्री शशांक कोइरालाले पनि इतर पक्ष एकजुट भएर महाधिवेशनमा होमिनुपर्ने धारणा राखे ।


२६ कात्तिक २०७८, शुक्रवार १९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु