punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिपक संगमका पाँच मुक्तक

Chaupati
safha napa

१.
ज्यान जाला तर सत्ता हुनु पर्छ
काम छैन केही तर भत्ता हुनुपर्छ ।
देश चलाउन हावादारी गफ दिने होइन
बनाउ गठबन्धन तर एकता हुनुपर्छ ।।
२.
तलदेखि माथिसम्म मेल हुनु पर्छ
जता ततै विकासका भेल हुनुपर्छ ।
तपाई देश निकासमा यसरी लाग्नुस्
छिमेकी नि हाम्रो सामु फेल हुनुपर्छ ।।

३.
सबैले आफ्नो ठाउँमा ध्यान दिनुपर्छ
राम्रो काम गर्नेलाई मान दिनुपर्छ ।
अनि कसरी हुन्छ समाजमा हिंसा हेरौं
छोराछोरीलाई राम्रो ज्ञान दिनुपर्छ ।।

४.
बाँच्ने सबैलाई अधिकार हुन सक्छ
राम्रो काम गर्नु नत्र धिक्कार हुन सक्छ ।
यहाँ दिनमै खुल्ला सडकमा छुरा हान्छन्
सचेतना जगाउ नत्र सब बेकार हुन सक्छ।।

५.
उ पनि त मान्छे हो बुझ्नुपर्छ
सही गतल के हो सोच्नुपर्छ ।
दिनदाहाडै सडकमा फाइट गर्नेहरू
हतकडी लगाई सिधै जेल कोच्नुपर्छ ।।

दिपक संगम विश्वकर्मा टीकापुर, कैलाली


२५ कात्तिक २०७८, बिहीवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु