कैलालीमा वडा अधिवेशनको तयारी तीब्र, सबै वडामा खटाइयो निर्वाचन अधिकृत
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिधवेशनको तयारी तीब्र पारिएको छ ।यही कार्तिक २७ गते कैलालीका १२६ वटै वडामा वडा अधिवेशन हुँदैछ । निर्वाचन अधिकृतहरुले जिल्लाका सबै वडाका वडा समितिसँग समन्वय गरिसकेको प्रचारप्रसार समिती संयोजक नृपबहादुर सुनारले बताए ।
निर्वाचन अधिकृतलाई भोटर लिस्ट, निर्वाचितका लागि आवश्यक प्रमाणपत्र, पार्टीको विधान निवावली, निर्वाचन हुने संख्यासहित अभिमुखीकरण दिएर बुधबार दश वटा पालिकामा खटाएको उनले जानकारी दिए । बाँकी तीन पालिकामा बिहीबार पठाएको उनले बताए ।
धेरै जस्तो निर्वाचन अधिकृतहरु सम्बन्धीत वडाहरुमा पुगेर सम्पर्कमा आइसकेको उनले बताए । जिल्लाका सबै वडामा वडा अधिवेशनको तयारी तीब्र पारिएको उनले बताए ।
२५ कात्तिक २०७८, बिहीवार १६:३० बजे प्रकाशित































