punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बरमा बंगलादेशमा हुने

Chaupati
safha napa

साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयोजना हुने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् ।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,रोविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् ।सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ ।यस्तै नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध नोभेम्बर १५ मा, तेस्रो खेलमा भुटानविरुद्ध नोभेम्बर १७ मा र चौथो खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका छ ।राउन्ड रोविनपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेलडिसेम्बर २२ मा हुनेछ ।


१९ कात्तिक २०७८, शुक्रवार ०९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु