punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लक्ष्मीपूजाकै दिन ४८ मेगावाट बिजुली भारत पठाइयो : नेपालमा १२ सय ७० मेगावाट माग

Chaupati
safha napa

लक्ष्मी पूजाको दिन हिजो नेपालबाट ४८ मेगावाट बिजुली भारत पठाइएको छ । नेपालले पहिलो चरणमा मङ्गलवार राति ३९ मेगावाट विद्युत् भारतमा निर्यात गरेको थियो ।

हिजो लक्ष्मी पूजाको दिन ४८ मेगावाट बिजुली भारत पठाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विगतका वर्षमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ।

यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन नेपालमा विद्युतको उच्च माग १२ सय ७० मेगावाट पुगेको छ । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन बेलुका सभा ६ बजे पिक डिमाण्ड १२ सय ७० मेगावाट रेकर्ड गरेको हो ।

गएको वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट थियो । अघिल्लो वर्षको तुलनामा यो वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी त्यहीअनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको प्राधिकरणले जनाएको छ । यस वर्ष काठमाण्डौ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२० दशमलव ६४ मेगावाट रेकर्ड गरिएको छ ।

गएको वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो । चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६ सय १४ दशमलव ८ मेगावाट रेकर्ड गरिएको छ ।

यो डिमाण्ड गएको असोज १० गतेको हो । ऊर्जा मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारमा रहेको भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन हिजो विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन देशभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।


१९ कात्तिक २०७८, शुक्रवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु