punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनपिएलः आज खेल नहुने

Chaupati
safha napa

काठमाडौँ। यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । रासस


२२ मंसिर २०८२, सोमवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु