डिस्चार्ज भए माधव नेपाल
नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । ज्वरो र खोकीको समस्याका कारण असोज १३ गते त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेपाल सोमबार बिहान डिस्चार्ज भएका हुन् ।
नेता नेपालको नीजि सचिवालयका अनुसार उनलाई केही समय घरमै आराम गर्न डाक्टरले सल्लाह दिएका छन् । स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उनको नीजि सचिवालयले जनाएको छ ।
१८ असोज २०७८, सोमवार १३:२९ बजे प्रकाशित































