punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो ।चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो ।

भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । त्यस्तै तमिनइक्वालले ४० रन बनाए । उपुल थाराङ्गाले नटआउट ३९ रनको योगदान गरे भने रोहित फौडेलले ६, आरिफ शेख र कुशल मल्लले एकरएक रन जोडे ।

चितवनका करिम जनतले दुई र सागर ढकाल र भीम सार्कीले एकरएक विकेट लिए ।पहिले ब्याटिङ् गरेको चितवनका करिम जनतले ३५, मोहम्मद साहजादले ३२, सिक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४, दिलीप नाथले १३, कमल ऐरीले ७, देव खनालले ५ र खड्क बोहोराले एक रन बनाएका थिए ।

भैरहवाका अविनाश बोहोराले तीन, कुशल मल्लले दुई र धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले एकरएक विकेट लिए ।हारपछि पनि चितवन शीर्ष स्थानमै छ । भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।


१८ असोज २०७८, सोमवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु